२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

नर्वेमा नेपाली रंगकर्मी नाटक

काठमाडौं — धरानबाट थालेकी थिइन् उनले नाट्य यात्रा। ८ वर्षे रंगमञ्च यात्रामा उनले थुप्रै नाट्य समूहसित मिलेर दर्जनौं नाटक गरिन् र काठमाडौंमा मञ्चन गरिएको केही नाटकहरूमा देखिइन्। यतिबेला भने दुर्गा बराइली नर्वेमा अध्ययनसँगै रंगकर्म गरिरहेकी छन्।

नर्वेमा नेपाली रंगकर्मी नाटक

तीन वर्षअघि डेनमार्क पुगेर रंगमञ्चसम्बन्धी दुईवर्षे कोर्स गरेकी उनी हाल नर्वेस्थित अस्टफोल्ड युनिभर्सिटीमा रंगमञ्चमै स्नातक पढिरहेकी छन्, उनको समूहले केही दिनअघि नर्वेमै नाटक तयार पारेर पहिलो चरणको मञ्चन सकेको छ। 

‘नेपालीका लागि युरोपियन रंगमञ्च सिक्ने निकै प्रभावकारी थलो रहेछ,’ दुर्गाले फेसबुकमार्फत भनिन्, ‘मुलुक फर्केर रंगमञ्चमै योगदान दिने योजनाका साथ अहिले काम गरिरहेकी छु।’ दुर्गाका अनुसार उनको समूहले ‘द मस्ट वान्टेट शो’ नामक नाटक देखाएको हो, जसमा तेस्रो ग्रहको खोजीको सन्दर्भ छ। नर्वेजियन थिएर एकेडेमीमा तयार पारिएको नाटक पहिलो चरणमा नर्वेका विभिन्न थलोमा तीन शो देखाइएको र केही पछि दोस्रो चरणको शो गरिने उनले बताइन्। नेचर थिएटर अफ ओक्लोहामा अमेरिकाबाट आएका रंगकर्मी रोबर्ट एम. जोनसनसितको १३ दिने कला कार्यशालापछि उनकै परिकल्पनामा नाटक तयार पारिएको दुर्गाले बताइन्। 

सोह्रौं शताब्दीमा युरोपमा देखापरेको चरम आर्थिक/राजनीतिक संकटपछि कलाकारहरू व्यंग्य गर्दै सडकमा निस्किँदा जन्मेको नाट्य शैली ‘कमेडिया डेला आर्तें’ अन्तर्गत डेनमार्कमा दुईवर्षे कोर्स गरेकी दुर्गाले नर्वेको पढाइ सकेपछि नेपाल फर्केर रंगकर्ममै क्रियाशील हुने बताइन्। ‘युरोपमा थिएटर स्नातक गर्ने पहिलो नेपाली महिला रंगकर्मीका रूपमा आफूलाई पाउँदा निकै खुसी छु,’ उनले भनिन्, ‘यहाँ हासिल गरेको ज्ञानलाई नेपालमा काम गरेर देखाउने चाहना छ।’ 

प्रकाशित : मंसिर २३, २०७२ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?