कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धुवाँ फुक्दै मह

कान्तिपुर संवाददाता

काठमाडौं — बढ्दो आधुनिकीकरणले प्रकृतिको स्वरूप बदलिँदै छ। सुन्दरभन्दा पनि प्रदूषित रूपमा बढी अनि यसको कारक हुन्( उद्योग, कलकारखाना र तिनबाट नि:सृत धुवाँ।

धुवाँ फुक्दै मह

वातावरण प्रदूषण भए मानव अस्तित्वमा पनि क्षयीकरण आउँदै जान्छ। त्यसैले वातावरण प्रदूषित नहोस् भनेर हामी सबै चनाखो हुन जरुरी छ। यही सन्देश लिएर महजोडी पनि घरदैलोमा आउँदै छन्। तर, काँचको पर्दामार्फत।

अभिनेताहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले निर्देशन गरेको जनचेतनामूलक टेलिफिल्म ‘धुवाँ’ को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरियो। इसिमोड र मह सञ्चारको यो संयुक्त प्रस्तुति करिब पौने घन्टाको छ। टेलिफिल्मको विषय गम्भीर भए पनि प्रस्तुति शैली रोचक छ।

‘वातावरण संरक्षणजस्तो जटिल विषयलाई सरलीकरण गर्न निकै मिहिनेत गरेका छौं,’ हरिवंशले भने, ‘धुवाँले विश्व नै खतरामा परेको यथार्थ मनमा गढ्ने शैलीमा प्रस्तुत गरेका छौं।’ मदनकृष्णले थपे, ‘धुवाँको सबैभन्दा डरलाग्दो प्रतिफल क्यान्सर हो। यसबारे बेलैमा सचेत हुन जरुरी छ। यो टेलिफिल्ममा काम गर्दा मैले धेरै जानकारी पाएँ।’

उक्त टेलिफिल्ममा मदनकृष्ण र हरिवंश सुगाको रूपमा देखा परेका छन्, जसमार्फत उनीहरूले वातावरण प्रदूषण हुँदा पशुपक्षीसमेत जोखिममा परेको यथार्थ खुलाएका छन्। उनीहरूबाटै कथाको न्यारेसन जोडिएको छ। तराई भेगमा जथाभावी बालिने पराल, चुलो र काठमाडौंमा बढेका इँटाभट्ट, फोहोर जलाउने कामजस्ता गतिविधिमा टेलिफिल्म केन्द्रित छ। हरिवंशले तराईमूलका र मदनकृष्णले काठमाडौंवासीका रूपमा खेलेका छन्।

 

प्रकाशित : आश्विन १५, २०७२ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?