क्रिटिक्स अवार्डमा कबड्डी, दयाहाङ र प्रियंका उत्कृष्ट- मनोरञ्जन - कान्तिपुर समाचार

क्रिटिक्स अवार्डमा कबड्डी, दयाहाङ र प्रियंका उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौं — चलचित्र समीक्षक समाज (फिक्सन) ले दोस्रो फिल्म क्रिटिक्स अवार्ड मंगलबार घोषणा गरेको छ । अवार्डमा उत्कृष्ट फिल्म ‘कबड्डी’ ठहरिएको छ । फिल्म ‘कबड्डी’बाटै दयाहाङ राई उत्कृष्ट अभिनेता र ‘सुन्तली’बाट प्रियंका कार्की उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।


उत्कृष्ट निर्देशकको अवार्ड ‘टलकजंग भर्सेस टुल्के’का लागि निश्चल बस्नेतले पाएका छन् भने पटकथामा ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरेका छन् । यस्तै, सम्पादनमा ‘ताण्डव’बाट बनिस शाह र मिलन श्रेष्ठ अब्बल ठहरिएका छन् भने छायाँङ्कनमा ‘सुन्तली’का अन्ड्रा बेलिसिया उत्कृष्ट भए ।
यस वर्षदेखि थपिएको नयाँ विधा उत्कृष्ट पाश्र्व संगीतमा ‘टलकजंग भर्सेस टुल्के’ले बाजी मार्‍यो । यो फिल्मबाट जेसन कुँवरले अवार्ड पाए ।   
समीक्षक समाजका सदस्यको मतदानका आधारमा अवार्डको निर्णय गरिएको हो । फिक्सनका सदस्यहरुको जुरीको संयोजकत्व अनुप सुवेदीले गरेका थिए । फिक्सनले केही दिनमा नै कार्यक्रम गरी अवार्ड हस्तान्तरण गर्ने जनाएको छ ।

 

प्रकाशित : भाद्र ८, २०७२ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

थरुहट कार्यकर्ताले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर छोडे

कमल पन्थी

गुलरिया — थरुहट/थारुवान संर्घष समितिको कार्यकर्ताले समाचार संकलनका लागि सोरहवा जाने क्रममा कान्तिपुरकर्मी कमल पन्थी र नागरिककर्मी निर्मल घिमीरेलाई एक घण्टा नियन्त्रणमा लिई छाडेका छन् ।

जिल्लाको मैनापोखरमा थरुहटका कार्यकर्ताले हातमा लाठी लिई पत्रकारले हाम्रो आन्दोलनको समाचार छाप्दैन यिनीहरु सरकारी ऐजेण्ट हुन् भन्दै दुव्र्यवहार गरेका छन् । कार्यकर्ताले मोटरसाइकलको चाबी खोसेर लगेका थिए । समाचार पत्रिकामा प्रकाशित भइरहेको छभन्दा उनीहरुले पत्रकारलाई मोटरसाइकल चलाउन दिदैनौ भन्दै चाबी खोसेर लगेका थिए ।
थरुहट संर्घष समितिका संयोजक गोविन्द थारुलाई जानकारी गराएपछि मात्रै नियन्त्रण मुक्त गरिएको थियो ।

यसै गरि नेपालगन्जबाट आईरहेका सगरमाथा टेलिभिजनका संवाददाता विनय राजभण्डारी र रासस प्रतिनिधी सन्तोष पौडेललाई पनि केहीबेर रोकेर छाडेका थिए ।

 

प्रकाशित : भाद्र ८, २०७२ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×