२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

सुन र चाँदीको मूल्य बढ्यो

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेर एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x