कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० महिनामा भित्रियो १० खर्ब रेमिट्यान्स, पोहोरभन्दा २३% बढी 

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा रेमिट्यान्समा टेवा

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३.४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

१० महिनामा भित्रियो १० खर्ब रेमिट्यान्स, पोहोरभन्दा २३% बढी 

राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह पोहोरभन्दा १३.४ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । जसले गर्दा रेमिट्यान्स रकम वृद्धिमा उल्लेख्य टेवा पुगेको हो । १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।


प्रकाशित : जेष्ठ २६, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?