कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका हुन् । 

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तिको प्रतिफललगायतमा छलफल चलाउन जरुरी रहेको उनको भनाइ छ ।

देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटीलगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए ।

पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकारअनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको मन्त्री महतले बताए ।

आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ छ । ‘हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र हो । हामी मूल्यांकन प्रक्रिया पुनः सुरु गर्न र लगानीको अनुकुल वातावरण बनाउन अन्य सम्बन्धित सुधारहरू गर्नप्रतिबद्ध छौं । अब हाम्रो ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ जसले गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्छ,' अर्थमन्त्री महतले भने ।

मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

प्रकाशित : वैशाख २९, २०८० १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?