२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

बैंकहरूले उठाउन नसकेको साँवा, ब्याज पोहोरभन्दा दोब्बर बढी [सूचीसहित]

काठमाडौँ — बैंकहरूले ऋणीबाट समयमै उठाउन नसकेको साँवा, ब्याज पोहोरको तुलनामा दोब्बर भएको छ । बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म सबै वाणिज्य बैंकहरुको कुल कर्जामा उठ्न नसकेको निष्कृय कर्जा औसत ३.०२९ प्रतिशत पुगेको छ । गत वर्षको चैत मसान्तसम्म यस्तो कर्जा जम्मा १.२१ प्रतिशत थियो ।

बैंकहरूले उठाउन नसकेको साँवा, ब्याज पोहोरभन्दा दोब्बर बढी [सूचीसहित]

सो अवधिसम्म वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४३ खर्ब रुपैयाँ बराबर छ । चैत मसान्तसम्म १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी साँवा ब्याज रकम उठ्न सकेको छैन । उत्पादनको माग तथा घरजग्गामा देखिएको मन्दीले पनि निष्कृय कर्जा बढेको बैंकर बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलगायत कारणले अहिलेको अवस्था आउँछ भन्ने अनुमान नै थियो ’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने । अब सरकारी खर्च बढ्ने र विस्तारै कर्जा असुली हुँदै जाने उनले बताए ।

निष्क्रिय कर्जालाई पनि अवधिअनुसार तीन किसिमले वर्गीकरण गरिएको छ । जसअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जा पर्दछन् । भाखा नाघेको ३ महिनादेखि ६ महिनासम्म नतिरेको साँवा तथा ब्याजलाई कमसल, ६ महिनादेखि १ वर्ष पुगेमा शंकास्पद र १ वर्ष नाघेमा खराब कर्जा भन्ने गरिएको छ । निष्क्रिय कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले भाखा नाघेको अवधिअनुसार नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि भाखा नाघेको १ वर्ष पूरा भएमा अर्थात् खराब कर्जा भइसकेको अवस्थामा कर्जाको शत प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ ।

कुन बैंकको निष्कृय कर्जा कति ?

बैंक

निष्कृय कर्जा %, चैत ०७९

निष्कृय कर्जा %, चैत ०७८

प्रभु बैंक

.४८

.२१

नबिल बैंक

.८७

.१४

सिटिजन्स बैंक

.९८

.७२

स्ट्याण्डर्ड चार्टर्ड बैंक

.

.३६

एभरेष्ट बैंक

.

.२६

कृषि विकास

.३५

.३२

सानिमा बैंक

.२७

.३८

एनएमबी

.९६

.४६

नेपाल एसबीआई

.९७

.१४

हिमालयन बैंक

.५६

.९९

लक्ष्मी बैंक

.८२

.०८

माछापुच्र्छे

.३७

.८७

प्राइम कमर्सियल

.०६

.९४

सनराइज बैंक

.६२

.३७

ग्लोबल आईएमई

.९६

.४५

एनआइसी एसिया

.८५

.५१

नेपाल इनभेष्टमेन्ट मेगा

.९४

.

सिद्धार्थ बैंक

.९५

.१२

कुमारी बैंक

.९७

.९६

नेपाल बैंक

.१६

.०६

आरबीबी

.८८

.०७

कुल

.४८

.२१


प्रकाशित : वैशाख ८, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?