कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर दुई तहको फरक गर्न परिसंघको आग्रह

काठमाडौँ — ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताएका थिए ।

तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर दुई तहको फरक गर्न परिसंघको आग्रह

आत्मनिर्भर भईसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरूत्साहित गरिनुपर्नेमा जोड दिँदै उनले ग्रे च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लौजान पनि आग्रह गरेका थिए । अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितीमा आयोजित अन्तरक्रियामा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरेका थिए । सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनले बताए । बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले ‘मिसम्याच’ भइरहेको उनको भनाइ थियो ।

राजश्व सचिव घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानै पर्ने धारणा राखे । औद्योगिकरणको प्रवद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनले बताए । त्यसका लागि सरकारले सहजिकरण गर्ने र चोरी पैठारी नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्ने बताए । सार्वजनिक बिदाका दिन पनि भन्सार सुचारु हुनुपर्ने परिसंघको आग्रहमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यो सुझाव सकारात्मक रहेको र यसबारे छलफल भइरहेको पनि बताए ।

प्रकाशित : माघ ११, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?