कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

साना उद्योगमा २० अर्ब लगानी

राजु चौधरी

काठमाडौ — घरेलु तथा साना उद्योगमा करिब २० अर्ब रुपैयाँको लगानी भएको छ । यस वर्ष १ लाख ७७ हजार घरेलु तथा साना उद्योगले नवीकरण गरेपछि यस क्षेत्रको लगानी २० अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।

यो संख्या गत वर्षको भन्दा झन्डै ६८ हजार बढी हो । बर्सेनि नवीकरण नगरे पनि हालसम्म दर्ता भएका साना तथा घरेलुको संख्या ३ लाख ९ हजार पुगेको छ । कामका लागि विदेसिएका नेपालीले त्यहाँको अनुभवअनुसार स्वदेशमै लघु तथा घरेलु उद्योग खोल्ने गरेकाले पनि संख्यामा केही वृद्धि भएको घरेलु तथा साना उद्योग महासंघका महासचिव विष्णुबहादुर लुइँटेलले बताए । लघु, घरेलु तथा साना उद्योगहरू घरेलु विभागमा दर्ता हुन्छन् । यस्ता उद्योगको दर्ता सख्या बर्सेनि १५ देखि १८ हजारले बढ्ने गरेको महासचिव लुइँटेलले बताए ।  
निर्यातमा लगभग ८० प्रतिशत यस क्षेत्रको योगदान छ । महासंघका अनुसार अहिले सञ्चालित लघु, घरेलु तथा साना उद्योगमध्ये करिब ४० प्रतिशत सेवा उद्योग हुन् । सेवामूलक उद्योगको संख्या करिब ६० हजारभन्दा बढी छ । महासचिव लुइँटेलका अनुसार लघु, घरेलु तथा साना उद्योगमा उत्पादनमूलक करिब ४० प्रतिशत उद्योग बन्दको अवस्थामा छ । उत्पादनमूलक उद्योगमा गलैंचा, पस्मिना, तयारी पोसाकलगायत उद्योग पर्छन्  ।
उत्पादनमूलक उद्योग सञ्चालन गर्न कच्चा पदार्थको अभाव, कच्चा पदार्थ ल्याउँदा लोकल ट्याक्स बढी भएकाले उत्पादनमूलक उद्योगको संख्या घटेको महासचिव लुइँटेलले बताए । उनका अनुसार उत्पादनमूलक उद्योगको संख्या करिब ८६ हजार ८ सय ८६ छ । अन्य क्षेत्रको समस्यासरह यस क्षेत्रमा पनि लोडसेडिङ, कच्चा पदार्थ, दक्ष जनशक्तिलगायतको समस्या छ । बिक्री पहुँचका कारणले गर्दा साना घरेलु उद्योग सञ्चालन गर्न चाहेका छैनन् । घरेलु तथा साना उद्योग क्षेत्रमा करिब ८ लाख ४० हजार घरपरिवार आश्रति छन् । प्रत्यक्ष/अप्रत्यक्ष रूपमा २५ लाखले रोजगारी पाएको महासंघले जनाएको छ ।
 

प्रकाशित : पुस १६, २०६९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×