प्रेमनारायण भुसाल

प्रेमनारायण भुसालका लेखहरु :

बालबालिकालाई स्कुल ब्याग: साथी कि सास्ती ? 

समाज संयुक्तबाट एकल पारिवारिक ढाँचामा रूपान्तरित हुँदै जाँदा यसको प्रत्यक्ष प्रभाव बालबालिकाको जीवनशैलीमा परेको छ । घरमा खेलेर बस्ने उमेरका कलिला बालबालिका आफूभन्दा ठूलो स्कुल ब्याग बोकेर विद्यालय जान थालेका छन् । डेढदुई वर्षमै विद्यालय भर्ना गरिदिने प्रवृत्ति बढ्न थालेपछि बालबालिकाको सिकाइ स्तर, सामाजिकीकरण र मनोसंवेगात्मक विकासमा अवरोध सिर्जना भएको विज्ञहरूले बताउँदै आएका छन् ।