राष्ट्रप्रति माया र श्रद्दा हुँदाहुँदै पनि म गर्व गर्न सक्दिनँ । हामीलाई राष्ट्रले नागरिकताको खोस्टो त दियो, तर नागरिक अधिकार दिएन ! स्वतन्त्रता, सुरक्षा र आत्मसम्मान दिएन !
प्रमुख दलहरूबीच राष्ट्रपति पदका लागि रस्साकस्सी चलिरहेको छ । सहमतिको राष्ट्रपति खोज्ने निहुँमा राजनीतिक वृत्तमा यति धेरै असहमति र आशंका बढेको छ, जसका कारण कतिखेर प्रचण्ड सरकार ढलेर अर्को गठबन्धनको सरकार बन्छ, यसै भन्न सकिन्न ।
संघीय र प्रादेशिक निर्वाचनमा पार्टीहरूले दलित उम्मेदवार उठाउन धेरै कन्जुस्याइँ गरेको र प्रत्यक्षतर्फ जम्मा एक जना दलित निर्वाचित भएको विषयलाई कान्तिपुर दैनिकले उच्च प्राथमिकतासाथ प्रथम पृष्ठमा प्रकाशित गर्यो । त्यो विश्लेषण पढेर पार्टीहरूलाई, नेताहरूलाई थोरै लज्जाबोध त पक्कै भयो होला । यसअघि पनि कान्तिपुरले दलित आयोगलाई सरकारले बजेटसमेत नदिएर पंगु बनाएको विषय र दलित अधिकारसँग सम्बन्धित विभिन्न सवाल प्रमुखतासाथ उठाउँदै आएको छ ।