सुजित मैनाली

सुजित मैनालीका लेखहरु :

नेपाल-चीन सम्बन्ध र भारत

भारतको विदेश–नीति बेलायती उपनिवेशको अनुभवमा धेरै हदसम्म आधारित छ भन्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताहरूबीच मतैक्य छ । सुरक्षासम्बन्धी मामिलामा भारतीयहरूमाझ औपनिवेशिक प्रशासकहरूको धारणा अझ बढी प्रभावी रहँदै आएको छ ।

दानको प्रचार : कति जायज ?

विपत्ति मान्छेलाई संकटमा पार्नै आउँछ, महामारी होस् वा अनिकाल । अरू नै प्राकृतिक तथा मानवसिर्जित विपत्ति पनि हुन सक्छ । तर, यस्तै विषम स्थितिले मानिसलाई हार्दिक बन्ने अवसर पनि दिलाइरहेको हुन्छ । र, यो हार्दिकता नियाल्ने प्रमुख माध्यम हो– दान ।

महामारी-धर्म सम्बन्ध

कारोना भाइरसको महामारी नेपाल छिर्नै लाग्दा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले फेसबुकमा लेखे, ‘कोरोना भाइरस शान्तिका लागि रोगको कीटाणु नास गर्ने मन्त्र प्रकाश गर्दछु- ॐ किच वँ वँ गच तितिये स्वाहा । गच वँ वँ गचि तितिये स्वाहा । थिँ धरति सदुमते ज्वल रँ पये स्वाहा ।’

विगतका महामारी

अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ मा परम्परागत समाजमा मानिसको मृत्यु हुने प्रमुख चार कारणबारे चर्चा गरेका छन्– वातावरणीय समस्या, मानवीय हिंसा, सरुवा तथा परजीवी जीवाणुको संक्रमण र भोकमरी । 

किताबमाथिको करको विकल्प

आयात गरिने किताबमा १० प्रतिशत भन्सार महसुल लगाउने सरकारको निर्णय विरुद्ध किताब प्रकाशक, किताब बिक्रेता र बौद्धिकहरू असन्तुष्ट छन् । अधिकांश प्रकाशन उद्योगी र किताब बिक्रेताहरूको व्यवसाय पूर्णतः पारदर्शी नरहेको चर्चा चलिरहेको सन्दर्भमा उनीहरूले किताबमाथि कर लगाउने सरकारको निर्णय विरुद्ध सशक्त नैतिक दबाब सिर्जना गर्न सकेनन् ।

शुद्ध इतिहासका अभियन्ता

पहिलो छिमलका नेपाली इतिहासकारमध्ये पर्छन्– नयराज पन्त (१९७०–२०५९) । उमेरका हिसाबले उनीभन्दा पाका बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीदेखि उनीभन्दा कनिष्ठ योगी नरहरिनाथ र ईश्वर बरालसम्मले इतिहासका मूल सामग्रीहरूको खोजी, परिशीलन र प्रकाशनमा यथेष्ट योगदान गरेका छन् ।

ममीलाई सलामी

सहर–बजारको साँघुरोपनासँग अभ्यस्त मान्छे प्रकृतिको खुला काखमा बढी रमाउँछ । प्रकृतिको बीचमा हुर्किएको गाउँलेलाई चाहिँ सहरको वैभव भोग्ने मोह हुन्छ । यस्तै मनोभावका कारण हुनेखाने सहरियाहरू हिमाल, पहाड, नदी, कन्दरा, जंगल, सागर चहारी हिँड्ने गर्छन् । विकसित सहर भोग्न नपाएका नेपालजस्ता अल्पविकसित देशका मानिसचाहिँ विदेशका भव्य सहर टेक्ने चाँजोपाजो मिलाउनमै जीवनको महत्त्वपूर्ण ऊर्जा क्षय गरिरहेका हुन्छन् । 

चीनतिर चियाउँदा

नेपालले दुई छिमेकी मुलुक चीन र भारतलाई केन्द्र बनाएर आफ्नो विदेशनीति तय गर्दै आएको छ । भौगोलिक–सांस्कृतिक जस्ता कारणले दक्षिणतिर नेपालको अन्तरक्रिया बढी हुने भएकाले भारतलाई सोलोडोलो बुझ्नमा नेपाललाई खासै अप्ठेरो छैन । तर चीनको सवाल बेग्लै छ ।

दिव्योपदेश : प्रामाणिक कि अप्रामाणिक ?

एकगत शनिबार कान्तिपुर ‘कोसेली’ ले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ को (अ) प्रामाणिकताबारे चर्चा गरेका तीनवटा सामग्री प्रकाशन गर्‍यो । तीमध्ये ‘अप्रमाणित ‘दिव्योपदेश’ !’ शीर्षकमा पत्रकार सङ्गीतको लेख केही वर्ष हतार गरेर लेखिएको देखिएकाले र यो प्रमाणबिनाका ठूल्ठूला दाबीले भरिएकाले यसबारे टिप्पणी गर्न आवश्यक ठानिएन ।

नेता खोज्ने कि नीति ?

बौद्ध धर्मग्रन्थ ‘त्रिपिटक’ अन्तर्गतको ‘नायककथा’ ले भन्छ, ‘अनायका विनश्यन्ति, नश्यन्ति बहुनायकाः ।’ यसको सोलोडोलो अर्थ हुन्छ, ‘नेता नभएको ठाउँको विनाश हुन्छ, नेताहरू धेरै भएको ठाउँको पनि विनाश हुन्छ ।’