डा. साधना प्रतीक्षा

पितृसत्ता, शक्ति–सत्ता र महिला

युगौँदेखि समाजमा स्थापित पितृसत्ताले हाम्रो सामाजिक/सांस्कृतिक, आर्थिक, राजनीतिक लगायत सबै पक्षमा यसरी प्रभुत्व जमाएको छ कि यसले पुरुषको त कुरै छाडौं, स्वयम् नारीलाई पनि पितृसत्तात्मक मानसिकताबाट मुक्त हुन दिएको छैन । अहिले हाम्रो राजनीतिमा पितृसत्ताको सर्वाधिक प्रभाव देखिएको छ ।

हिंसालाई पुँजीवादी घुम्टो

हातमा बलिरहेको मैनबत्तीले साँझको अँध्यारो चिर्दै म अघि बढिरहेकी थिएँ । न्यायका लागि आयोजित अनुष्ठानमा उज्यालो फैलाउन बालिने हजारौं मैनबत्तीसँगै आफ्नो मैनबत्ती समावेश गर्न मलाई हतारो थियो ।

तीजको सतही व्याख्यान

तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?

खाने पानी कि नखाने पानी ?

‘के छ नि तेरो नखाने पानीको हालखबर ?’ ‘होइन, के भन्छ यो ?’ ‘तेरो अफिस क्या त्यो धारामा पानी नआउने तर नामचाहिँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...बरु अबदेखि त्यसको नाम फेर्नुपर्‍यो भनी आन्दोलन गर्नु नि । नखाने पानी लिमिटेड....।’ ‘मेरो अफिससँग यत्रो रिस किन ?’

त्रिवि पुस्तकालयमा भीड

साहित्यिक अनुसन्धानका क्रममा त्रिवि केन्द्रीय पुस्तकालयमा लामो समय बिताउँदा मलाई बिहान सधैँ हतारिँदै निवासबाट निस्कनुपर्थ्यो । अलिकति ढिला भयो कि बस्ने ठाउँ नपाइने । पुस्तकालय खुल्नु अगावै ढोकामा कुरिरहेका अनि पुस्तकालयभित्र तथा वरिपरि सर्वत्र बसेर पढिरहेका विद्यार्थीहरू देख्दा म आफूले बेहोर्नुपरेको असहज परिस्थिति बिर्सेर प्रफुल्ल भएँ ।

डा. साधना प्रतीक्षाका लेखहरु :

कमजोर छैनन् अब फूलहरू

एक दशकभन्दा बढी समयदेखि अधिकांश आफन्त तथा परिचितसँग एकै प्रकारको सवाल–जवाफ गर्दै आइरहेकी छु– ‘छोराछोरी कति छन् ?’ ‘एउटा ।’ ‘छोरा कि छोरी ?’ ‘छोरी ।’ ‘ए ! अनि अर्को नजन्माउने ? छोरा एउटा त चाहिन्छ नि !’ ‘हामी यसैमा सन्तुष्ट छौँ ।’ ‘त्यसो भनेर कहाँ हुन्छ र ? एउटै सन्तान त्यो पनि छोरी !