अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने संकेत दिए चुनावको नजिता भने स्वीकार गरेका छैनन् । अझै उल्टै चुनावमा धाँधली भएको र आफैले जितेको दाबी गर्दैछन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन् ।
अमेरिकी इतिहासकै निकै प्रतिस्पर्धात्मक मानिएको यसपालिको राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको छ । सर्वेक्षणहरूको अनुमानविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ ।
४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पूर्वउपराष्ट्रपति जो बाइडेनबीच चुनावी रस्साकसी अन्तिम चरणमा पुगेको छ । झन्डै २३ करोड मतदाता रहेको महाशक्ति अमेरिकामा चुनावी प्रतिस्पर्धा र नतिजाका लागि निर्णायक मानिने झन्डै एक दर्जन राज्यहरूमा केन्द्रित छ । करोडौं डलरको विज्ञापनदेखि चुनावी अभियान यिनै राज्यमा केन्द्रित छ ।
सन् २०१६ । नोभेम्बर ९ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना तीव्र गतिमा हुँदै थियो । चुनावी नतिजाको पखाई, चासो र चिन्ता अत्यधिक थियो । यसैक्रममा बिहान दुई बजेर २९ मिनेटमा एसोसिएट प्रेस (एपी) ले समाचार ‘ब्रेकिङ’ गर्यो -‘विस्कन्सिन राज्यमा डोनाल्ड जोन ट्रम्प विजयी । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित ।’