वसन्त थापा

वसन्त थापाका लेखहरु :

जब्बर फ्यानको बखान

देव आनन्द हिन्दी फिल्म संसारका यस्ता सितारा थिए, जसको चिर युवाको रोमान्टिक छवि तथा आकर्षक अदाकारीको सम्मोहनबाट दर्शकका तीन–तीन पुस्ता बाँधिएका थिए । फिल्म लेख्नु, बनाउनु, निर्देशन गर्नु र त्यसमा खेल्नु नै यी अविश्रान्त अभिनेताको ध्येय बन्न गएको थियो जीवनको । र, मृत्युपर्यन्त फिल्म बनाइरहे उनले । नेपालमै सुटिङ गरिएका देव आनन्दका फिल्ममध्ये ‘ब्लक बस्टर’ बन्यो ‘जानी मेरा नाम’ । दरबारसँग पनि उनको घनिष्टता थियो । उनी महेन्द्रका विशिष्ट अतिथि बनेर काठमाडौं आएका थिए– युवराज वीरेन्द्रको विवाहमा ।

श्वान गान – श्वान पुराण

आज म यो आलेख त्यसरी सुरु गर्दै छु, जसरी विद्वान् लेखक डा. तीर्थबहादुर श्रेष्ठ प्रायः आफ्नो प्रबन्ध रचना सुरु गर्छन् । फरक यत्ति छ, उनी कसैको गीत या कविताको पङ्क्ति सिरानमा उद्धृृत गर्छन्, म भने आफैंले कोरेको गीतको उतार यहाँ गर्दै छु । उर्दू शेर वाचन गर्नुअघि शायरहरू ‘गौर फर्माइए’ भन्ने गर्छन् । म पनि भन्छु ‘गौर फरमाउनुहोला’ :

मन्दिर, तर हेर्ने सिनेमाको !

बम्बई सहरको केन्द्र भागमा मराठा मन्दिर नामको एउटा ख्यातनामा भवन छ । बम्बईबारे जानकार कसैले पनि मराठा मन्दिरको नाम नसुनेका होवोइन । धेरैजना त त्यहाँ गएका पनि हुन सक्छन् । नामले यसलाई मराठाहरू अथवा महाराष्ट्रका मूल निवासी मराठाहरूको मन्दिर या उपासना स्थल भन्ने जनाउँछ । तर, यो त्यस्तो खालको मन्दिर विल्कुल होइन । यदि यो मन्दिर हो भने फिल्मकलाको प्रदर्शन गरिने मन्दिर हो । अर्थात् यो फिल्म देखाइने सिनेमाघर हो, सिनेमाहल हो ।

‘ब्युटी क्विन’ काठमाडौं र काला ख्याकहरू

पूरा तीन दिन लाग्थ्यो सतह मार्ग भएर धरानबाट काठमाडौं आइपुग्नलाई । मुलुकको सबै भागबाट अलगथलग रहेको यस्तो टापु थियो काठमाडौं, जहाँ आइपुग्नलाई भारतीय भूमिको समुद्रमा हेलिएर आउनुपर्थ्यो रेलमा । त्यसैले काठमाडौं आउन धरानबाट पहिले विराटनगर भएर नजिकको जोगबनी पुग्नुपुर्थ्यो रेल चढ्नलाई र कटिहारमा रेल फेरेर समस्तिपुर, मुजफ्फरपुर, मोतीहारी हुँदै रक्सौल स्टेसनमा आइपुगिन्थ्यो ।

डायरीमा डोरबहादुर

नेपाली ‘मानवशास्त्रका पिता’ भनेर ख्याति कमाएका प्राध्यापक डोरबहादुर विष्ट ९३ वर्षअगाडि आजकैदिन अर्थात् माघ ४ गते ललितपुरको काँठ झरुवारासीमा जन्मेका थिए  ।‘पिपुल अफ नेपाल’, ‘सबै जातका फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘सोताला’, ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ आदि पुस्तकका लेखक विष्टले जीवनको उत्तरार्द्धमा जुम्लाको चौधबीसामा कर्णाली इन्स्टिच्युट स्थापना गरेर त्यहाँको विकास कार्यमा योगदान गर्नुका साथै आफ्नो विषयमा स्थलगत तथा प्रायोगिक अनुसन्धान गर्दै आएका थिए ।