कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

मदन भण्डारी कलेजमा तीन दिने तालिम सम्पन्न

काठमाडौँ — मदन भण्डारी मेमोरियल कलेजद्वारा 'सामाजिक अनुसन्धान' विषयमा आयोजित ३ दिने तालिम शनिबार सम्पन्न भएको छ । कलेजअन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूलाई तालिम दिइएको हो । 

मदन भण्डारी कलेजमा तीन दिने तालिम सम्पन्न

मदन भण्डारी मेमोरियल कलेजद्वारा 'सामाजिक अनुसन्धान' विषयमा आयोजित ३ दिने तालिम शनिबार सम्पन्न भएको छ । कलेजअन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूलाई तालिम दिइएको हो ।

विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल 'श्वेत शार्दूल' प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँ बानेश्वरस्थित सभाहलमा तालिम सञ्चालन गरेको थियो ।

शनिबार तालिम समापन गर्दै कलेज प्रमुख बाबुराम अधिकारीले मदन भण्डारी कलेजअन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्देश्यकासाथ तालिम आयोजना गरिएको बताए । अधिकारीले कलेजको उद्देश्य पूरा भएकोमा खुसी व्यक्त गर्दै विश्व विद्यालय अनुदान आयोग, श्रोतव्यक्ति, कलेजका कर्मचारी तथा सहभागी शिक्षकहरू सबैलाई धन्यवाद ज्ञापन गरे ।


तालिम उद्‌घाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक देवराज अधिकारीले गरेका थिए । उक्त अवसरमा उनले विश्व विद्यालयअन्तर्गतका आंगिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासका लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताएका थिए ।

अध्यक्ष एवम् कलेज व्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिमपश्चात् मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरेका थिए । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले अध्ययन/अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रक्रिया भएको बताए ।

तालिममा प्राध्यापकहरु प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुसाल र विनोद पोखरेल, भीमलाल गौतम र अञ्जय मिश्रले सहजीकरण गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८१ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?