उत्तर प्रदेशमा बस र ट्रक ठाेक्किँदा आगलागी : २० जनाकाे मृत्यु

एजेन्सी

लखनउ — भारतको उत्तर प्रदेशको कन्नौजमा भएको सडक दुर्घटनामा २० जनाको ज्यान गएको छ । फर्रुखाबादबाट जयपुर जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । एकापसमा ठोक्किनेबित्तिकै बस र ट्रकमा भीषण आगो लागेको थियो ।

उत्तर प्रदेशमा बस र ट्रक ठाेक्किँदा आगलागी : २० जनाकाे मृत्यु

बसमा भएका २० जनाको जलेर मृत्यु भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । २३ जना घाइते भएका छन् भने २ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।


बसमा ४५ जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । केही यात्रु झ्यालकाे सिसा फुटाएरसमेत हामफालेका थिए । शवको अधिकांश भाग जलेका कारण डीएनए परीक्षणपछि मात्रै मृतकको पहिचान र संख्या यकिन हुने प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ सहयोग राहतको घोषणा गरेका छन् । साथै घाइतेलाई उपचारका लागि ५०–५० हजार रुपैयाँ उपलब्ध गराउने मुख्यमन्त्रीले घोषणा गरेका छन् ।

प्रकाशित : पुस २६, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?