सडकमा बसेर गीत गाउन नपाउने भएपछि आक्रोशित छन् दृष्टिविहीन

सुनिन छाड्यो सुरिलो स्वर

काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् ।

सडकमा बसेर गीत गाउन नपाउने भएपछि आक्रोशित छन् दृष्टिविहीन
गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।

एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’


काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए—

मनमा माया सम्झन मन छैन

दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...

प्रकाशित : पुस १८, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?