गणतन्त्र आए पनि नेतृत्वको सामन्ती सोच हट्न सकेन : अष्टलक्ष्मी शाक्य

काठमाडौँ — नेकपा स्थायी समिति सदस्य एवं प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य नेकपाभित्र महिला सहभागिताको कुरा जोडदार ढंगले उठाउने नेतृ हुन् । नेकपाको ९ सदस्यीय सचिवालयमा महिला छैनन् ।

गणतन्त्र आए पनि नेतृत्वको सामन्ती सोच हट्न सकेन : अष्टलक्ष्मी शाक्य

४५ सदस्यीय स्थायी समितिमा पनि २ जना मात्रै महिला छन् । मंसिर २९ देखि पुस ६ गतेसम्म चलेको स्थायी समिति बैठकमा शाक्य र पम्फा भुसालले पार्टीमा महिला सहभागिताको विषयलाई लिएर नेतृत्वमाझ प्रश्न उठाए ।

सचिवालयलाई १५ सदस्यीय बनाउन, सबै समितिहरुमा महिला सङ्ख्या बढाउनलगाएतका लिखित माग राखेर नेतृत्वलाई दबाब दिएका छन् ।

प्रकाशित : पुस १७, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?