खेलकुद

Sports News of Nepal

विश्वकपअघिको अवसर

स्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग शनिबार सुरु ट्वान्टी–२० शृंखला खेलिरहँदा विश्वकप खेल्ने अन्य टोलीको ध्यान पनि यसले तान्ने छ । नेपाल र वेस्ट इन्डिजसहित अन्य १८ टोलीले ५ दिनभित्र १५ सदस्यीय अन्तिम खेलाडी नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा बुझाइसक्नु पर्नेछ ।

विश्वकपअघिको अवसर
वैशाख १४, २०८१

राष्ट्रिय रेटिङ चेस सुरु

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार ललितपुरको सानेपामा सुरु भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।

राष्ट्रिय रेटिङ चेस सुरु

सूर्य नेपाल काठमाडौं ओपन : कोर्स रेकर्ड बराबरीसँगै नीरजले जिते पहिलो उपाधि 

नीरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएर करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् ।

सूर्य नेपाल काठमाडौं ओपन : कोर्स रेकर्ड बराबरीसँगै नीरजले जिते पहिलो उपाधि 

खेल क्षेत्रको बजेट बढाउन जरुरी छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोटको बट्टारमा शुक्रबारदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताए । 

खेल क्षेत्रको बजेट बढाउन जरुरी छ : प्रवक्ता महत

दोस्रो फुट-टेक फुटसल जेठमा

फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण जेठको पहिलो साता हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगितााका खेल पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ । आयोजक लेट्स प्ले स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिमको सहभागिता रहने जनायो ।

दोस्रो फुट-टेक फुटसल जेठमा

खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान पौडेल

नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् । नेपालले शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ ।

खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान पौडेल

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

नेपाल पुलिस र एपीएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

मुसीकोटमा दोस्रो रूकुम कप सुरू 

जिल्ला सदरमुकाम खलंगामा शुक्रबारबाट दोस्रो रूकुम कप-२०८१ सुरू भएको छ । खुला जिल्लास्तरिय पुरूष भलिबल प्रतियोगिता मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गरेका हुन्। प्रतियोगितामा देशभरिबाट ९ वटा समूहले सहभागिता जनाउने छ ।

मुसीकोटमा दोस्रो रूकुम कप सुरू 

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडोले नेपालमा ट्रायथलनको विकास र विस्तारले आफू प्रभावित रहेको बताउँदै थप विकासलाई अझ बढी सहयोग गर्ने बताएकी छन् ।

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार ब्राइटनलाई सजिलै ४–० ले हराएर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको ३३ खेलबाट ७६ अंक भएको छ र यो शीर्षमा रहेका आर्सनलसँग एक अंकको दूरी हो ।

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै

रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ ।

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै