कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अपहरणमा संलग्न ६ जना पक्राउ

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका-४ मलपरवाका ३७ वर्षे विनित मिश्रालाई अपहरण गर्ने ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट मिश्र अपहरणमा परेका थिए ।

अपहरणमा संलग्न ६ जना पक्राउ

उनलाई अपहरण गरेको आरोपमा बागलुङ गलकोट नगरपालिका-१ घर भई काठमाडौं बस्ने ३८ वर्षको सागर कुबर, रुपन्देही बुटवल उपमहानगरपालिका-७, शिवनगर बस्ने सागर गुरुङ र बुटवल उपमहानगरपालिका-१३, बेलवास बस्ने ३३ वर्षका ओम बराललाई सार्वजनिक गरेको छ ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-३, कर्माना बस्ने ४३ वर्षकी शान्ति लम्साल, अर्घाखाँची सन्धिखर्क नगरपालिका-२, बस्ने ३२ वर्षे प्रकाश नेपाली र रुपन्देही तिलोत्तमा नगरपालिका-९, बस्ने ३४ वर्षका तुल्सी बनलाई पनि सार्वजनिक गरेको छ ।

मिश्रालाई बाटोबाटै समातेर दुईवटा हात बाँधेर जबजस्ती कत्था रंगको सानो कारमा राखेर बुटवल लागिएको थियो । मिश्रालाई बुटवल उपमहानगरपालिका ११, मैना बगर स्थित प्रकाश सामत (रुचाल)ले संचालन गरेको गुल्मेली ग्रिनटाउन होटलको दुई नम्बर कोठमा बन्धक बनाई राखेर कुटपिट गरिरहेको अवस्थामा प्रहरी पुगेको थियो ।

कपिलवस्तुबाट उपरिक्षक नवरत्न पौडेल नेतृत्वको टोली बुटवल पुगेर होटलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय पिपरामा बेस बनाएर चारैतिर प्रहरी परिचालन गरिएको थियो ।

अपहरित मिश्राले साथीलाई फोन गरेर रकम मागेपछि त्यही फोन ट्रयास गर्दै प्रहरी उनी नजिक पुगेको थियो । ६ जनालाई नै अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?