कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले रूपन्देहीको आगामी जेठ १६ र १७ मा अधिवेशन

घनश्याम गौतम

बुटवल — एमाले रुपन्देहीले पार्टीको दसौं जिल्ला अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा गर्ने भएको छ । 

एमाले रूपन्देहीको आगामी जेठ १६ र १७ मा अधिवेशन

बुटवलमा बिहीबार बसेको बैठकले भैरहवामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि पार्टी सदस्यता नवीकरण, पार्टी स्कुल सञ्चालनका साथै अधिवेशनलक्षित विभिन्न उपसमितिहरु गठन गर्नेलगायत निर्णय गरेको जिल्लाअध्यक्ष तेजेन्द्र केसीले बताए ।

अधिवेशनका लागि प्रतिनिधि छनोट मापदण्ड, प्रक्रिया तथा नयाँ कमिटीको संरचनालगायतका विषयमाआवश्यक निर्णय गर्ने अधिकार जिल्ला कमिटीको सचिवालयलाई जिम्मा दिने निर्णय भएको एमाले जिल्ला सचिव यज्ञ गैरेले बताए । २०८१ को सदस्यता नवीकरणको काम पार्टीको विधान र नियमावलीअनुसार चैत महिनामा सम्पन्न गर्ने, पार्टी सदस्यता नवीकरण र विस्तारका लागि पार्टी केन्द्रले जारी गरेको विशेष निर्देशनअनुसार गर्ने निर्णय गरिएको गैरेले बताए ।

बैठकले जिल्ला अधिवेशनको मिति तय सँगै अन्य विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

प्रकाशित : चैत्र १६, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?