कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

इलाम-२ मा ४० हजार मत खस्यो 

इलाम — प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । 

इलाम-२ मा ४० हजार मत खस्यो 

एमालेका सुहाङ नेम्वाङले इलामस्थित महेन्द्र रत्न क्याम्पसमा बिहान साढे ७ बजे मतदान गरेका थिए । नेपाली कांग्रेसका उम्मेद्धार डम्बर खड्काले पनि सोही केन्द्रमा मतदान गरे ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्वुले माङ्सेवुङ-२ स्थित जनता कल्याण आमाविमा र पहिचान पक्षधर उम्मेद्धार डकेन्द्र सिं थेगिम लिम्वुले फाकफोकथुम गाउँपालिकास्थित शुक्रबारेको सिंहदेवी माविमा बिहानै मतदान गरेका थिए ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाउँदै अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाए । इलाम-२ मा १ सय ४९ मतदान केन्द्र छन् ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा (वडा नम्वर १० बाहेक) सबैभन्दा बढी ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् ।

त्यस्तै चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ गरी कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा १ हजार तीन सय ६३ प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : वैशाख १५, २०८१ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?