२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

कावासोतीमा गैंडा मृत फेला 

वयस्क भाले गैंडा मृत अवस्थामा फेला परेको र के कति कारणले गैंडा मरेको हो भन्नेबारेमा निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

गुन्द्रही ढकाहा वनको उल्टी घोलामा फेला परेको गैंडा प्राकृतिक कारणले मरेको हुन सकने प्रारम्भिक अनुमान छ । गैंडाको खाग र खुर सुरक्षित रहेको रहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको प्राविधिक टोलीले पोस्टमार्टम गरेपछि थप तथ्य पत्ता लाग्ने छ ।

प्रकाशित : वैशाख २५, २०८१ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?