२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुली — जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ । 

सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

सिन्धुली फुटबल संघको आयोजनामा भएको खेलमा जनहितैषीले पहिलो हाफमा ३ गोल र त्यसपछिको खेलमा २ गोल गरेको थियो । क्लबका अध्यक्ष सूर्यबहादुर थापामगरका अनुसार प्रतियोगितामा ८ वटा क्लबले भाग लिएका छन् । खेल जेठ २ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा भाग लिएका क्लबहरुमा नवप्रतिभा युवा क्लब, ब्लु अल्पाइन क्लब, नमुना जनउत्थान युवा क्लब, जरायोटार युवा क्लब, धुराबजार युवा क्लब रहेका छन् । प्रतियोगितामा प्रथम हुने क्लबका खेलाडीहरुलाई नगद तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित : वैशाख २७, २०८१ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?