२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकार अल्पमतमा छ भने पनि आजै मार्गप्रशस्त गर भन्न मिल्दैन : राई

विराटनगर — पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले  सरकार साँच्चै अल्पमतमा परेको भए पनि मुख्यमन्त्रीले रित पुर्‍याएर मात्रै पद छोड्न मिल्ने बताएका छन् । उनले संविधानको धारा १६८ को उपधारा ५ को सरकार अजम्बरी हुन नसक्ने भन्दै सरकार अल्पमतमा छ भन्दैमा आजै मार्ग प्रशस्त गर भन्न नमिल्ने दाबी गरे ।

सरकार अल्पमतमा छ भने पनि आजै मार्गप्रशस्त गर भन्न मिल्दैन : राई

'विगतमा एमालेकै भीम आचार्य मुख्यमन्त्री हुँदाको ताका अल्पमतमा परेको ६८ दिनसम्म चलाइएको थियो', राईले प्रश्न गर्दै भने, 'अनि केदार कार्कीले चाहिँ मार्ग प्रशस्त गरिहाल्नु पर्ने ?' सरकार अल्पमतमा परेको ठहर संसद्ले मात्रै गर्न पाउने भन्दै राईले ब्यक्तिले दिएको समर्थन दलले फिर्ता गर्न नसक्ने बताए ।

केदार कार्कीलाई व्यक्तिगत रुपमा समर्थन भएकाले ब्यक्तिगत रुपमै समर्थन फिर्ता हुनुपर्ने राईको जिकिर थियो । सरकारको समर्थन फिर्ता भएपछि अल्पमतमा परेपछि बिश्वासको मत चाहिँ लिनुपर्ने बताउँदै राइले अल्पमतमा रहेको सरकार चलाउन नमिल्ने दाबी गरे । बिश्वासको मत नपाएमा मध्यावधिमा नजाने दाबी गर्दै उनले उनले ३० दिनसम्म बहुमत पुर्‍याउने प्रयत्न गर्न र बिश्वासको मत नपाएमा मार्ग प्रसस्त गर्न मुख्य मन्त्री कार्कीलाई आग्रह गरे ।

मुख्य मन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले टेबुल गरेको संकल्प प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गरेपनि केन्द्रीय सत्ता घटक एकीकृत समाजवादीले भने संकल्प प्रस्तावका केही बुँदाप्रति बिमति जनाउँदै तटष्ट बस्ने संकेत गरेको छ।

प्रकाशित : वैशाख ७, २०८१ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?