कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा ट्रक चालकको मृत्यु

धनकुटा — धनकुटा नगरपालिका ६ स्थित कोललस्टोरमा बिहीबार दिउँसो पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको लहान गोलबजार घर भई हाल धनकुटा ९ गुठीटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको प्रहरीले जनाएको छ । ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । 

धनकुटामा ट्रक चालकको मृत्यु

कोशी राजमार्गमा सिधुवाबाट धनकुटातर्फ आउँदै गरेको बा प्र ०१-०२६ च ८९९२ नम्बरको पिक अचानक बेक्र फेल भई सडकको साइडमा रोकेर ग्यास लोड गर्दै गरेको बा प्र ०१-००६ ख ४६५२ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

पिकअपले ठक्कर दिँदा ग्यास लोड गर्दै गरेको ट्रक चालक भूइँमा खसेका थिए । पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका-३ का ३८ वर्षीय चेतबहादुर विसुंखेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?