कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चखेवामा महोत्सव आयोजना गरिने

डम्बरसिंह राई

खोटाङ — खोटाङ र भोजपुरको सिमानामा रहेको पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

चखेवामा महोत्सव आयोजना गरिने

टेम्के मैयु गाउँपालिका उपाध्यक्ष रमा राईका अनुसार प्रदेशको ससर्त अनुदानअन्तर्गत दश लाख रुपैयाँबाट महोत्सव आयोजना गरिने बताइन् । स्थानीय उत्पादनलगायत विभिन्न परम्परागत सामग्री महोत्सवमा राखिने चखेवा व्यवस्थापन समितिका सदस्य विवेक कुलुङले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, साहित्यिक व्यक्तित्वहरूको साहित्य प्रस्तुति, कविता प्रतियोगितालगायत समेत हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृत्तचित्रसमेत प्रदर्शन गरिने भएको छ ।

उक्त कार्यक्रममा साहित्यिक प्रस्तुति तथा ख्याति कमाएका कलाकारहरूको प्रस्तुति रहने कुलुङले सुनाए । कुलुङका अनुसार ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायत ख्याती कमाएका श्रष्टाहरूको समेत प्रस्तुति रहने छ । त्यस्तै दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने कुलुङले जनाए ।



प्रकाशित : चैत्र १५, २०८० १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?