कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

विराटनगर — मेची नदी तरेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक बंगलादेशी नागरिकलाई भारतीय अर्ध सैनिन बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको छ । 

मेचीनगरका ३२ वर्षीय अनुप तामाङको सहयोगमा मेची तर्न लागेका बंगलादेशी नागरिक ३४ वर्षीय आलमगीर हुसेनलाई एसएसबीको ४१ बटालियन टोलीले मेची किनारबाटै पक्राउ गरेको हो ।

भारतले बंगलादेशसहित तेस्रो देशका पर्यटकलाई आउजाउ गर्न इजाजत नदिएपछि बंगलादेशी नागरिक अवैध बाटोबाट नेपाल छिर्न थालेका हुन् । यसअघि पनि अवैध रूपमा नेपाल छिर्न लागेका एक बंगलादेशीलाई एसएसबीले पानीटंकी नाकाबाट पक्राउ गरेको थियो ।

दुवै जनालाई एसएसबीले खोरीबारी प्रहरी चौकी बुझाएको र बुधबार सिलिगुडीस्थित जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?