कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अनुगमन तथा मूल्यांकन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

'सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ', राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : चैत्र १६, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?