२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी 

काठमाडौँ — फोनपे भारतले शुक्रबार आयोजित एक कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवा प्रदर्शन गरेको छ ।

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी 

प्रदर्शनीमा बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायक, यूपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरूका प्रतिनिधिहरूलगायतको सहभागिता थियो ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो, जुन नेपाल–भारत क्रस बोर्डर यूपीआई अन्तरआबद्धताका लागि यूएनआईपीएलको काउन्टरपार्टी पनि हो ।

यूपीआई भारतीय ‘रियल टाइम भुक्तानी प्रणाली’ हो, जसले तत्काल पैसा लेनदेनको सुविधा दिने गरेको छ ।

प्रकाशित : वैशाख २४, २०८१ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?