कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

ग्रिन हाइड्रोजन परियोजनाका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सबीच सम्झाैता

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्सबीच रणनीतिक साझेदारी भएकाे छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच महत्वपूर्ण सम्झौता भएको हो ।

ग्रिन हाइड्रोजन परियोजनाका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सबीच सम्झाैता

केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ भने उर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान दिनेछ। उर्जा डेभलपर्सले सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्दै व्यावसायिक परियोजनाहरूमा ठुलो लगानी आकर्षित गर्न सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ।

कन्सियस इनर्जी नेपालमा ग्रीन हाइड्रोजन व्यवसायको लागि ठूलो सार्वजनिक कम्पनीको रूपमा विकसित हुने भनी सहमति भएको छ । कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सले संयुक्त स्टलबाट साझेदारी प्रदर्शन गर्नेछन्। कन्सियस इनर्जी स्पिनअफ कम्पनीहरु स्थापना गरी विश्वविद्यालयमा अध्ययन र विकास गरिएको ज्ञान र प्रविधि व्यवसायिक प्रयोजनको लागी हस्तानतरण गर्ने केयूको लक्ष्यको एक सफल उदाहरण हो।

साझेदारीले नेपालको कुनै पनि निजी कम्पनीले विश्वविद्यालयबाट गरिएको अनुसन्धान निष्कर्षहरूको स्वामित्व लिन र त्यसलाई वास्तविक र ठूला व्यावसायिक परियोजनाहरूका लागि कार्यान्वयन गर्न अपनाउने अहिलेसम्मको सबैभन्दा ठूलो कदमलाई देखाउनेछ । नयाँ साझेदारीबाट कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यवसाय प्रवर्द्धन गर्न लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ।

प्रकाशित : वैशाख १३, २०८१ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?