कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

ग्लोबल आईएमई बैंकको काउन्टर गुल्मीको इन्द्रेगौंडामा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए । 

ग्लोबल आईएमई बैंकको काउन्टर गुल्मीको इन्द्रेगौंडामा

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै वामी शाखाको मातहतमा रहनेगरी यो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । एक्स्टेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नम्वर ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरेको थियो ।


प्रकाशित : आश्विन ११, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?