कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर सिराहाको कल्याणपुरमा 

काठमाडौँ — ग्लोबल आईएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११ मा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर सिराहाको कल्याणपुरमा 

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको मिर्चैया शाखा मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्स्टेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको हाल ७७ वटै जिल्लामा कुल ३५० शाखा कार्यालय सञ्चालनमा छन् । त्यस्तै ३६८ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेको बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन ४, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?