कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

काठमाडौँ — सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालले बिहीबार प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ ।

प्रकाशित : वैशाख २०, २०८१ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?