क्यानडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ । राजदूतवासले विद्यार्थीहरूलाई आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।