कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वेस्ट इन्डिजको फेरि पहिला ब्याटिङ, नेपाली टोलीमा ८ खेलाडी परिवर्तन

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । वेस्ट इन्डिजले यसअघिका तीन खेलमा पनि टस जितेर ब्याटिङ गरेको थियो ।

वेस्ट इन्डिजको फेरि पहिला ब्याटिङ, नेपाली टोलीमा ८ खेलाडी परिवर्तन

नेपाली टोलीमा ८ खेलाडी परिवर्तन गरिएको छ । नियमीत कप्तान रोहित पौडेल नेपाली टोलीमा फर्किएका छन् । बुधबार अघिल्लो खेल खेलेको नेपाली टोलीका कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा बाहेक अन्य ८ खेलाडी परिवर्तन गरिएको छ ।

रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा प्लेयिङ ११ मा फर्किएका छन् । अनिल साह, करण केसी, कमलसिंह ऐरी र सागर ढकाल वैकल्पिकमा रहेका छन् ।

रोहित पौडेलको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उनले दोस्रो खेलमा पनि अविजित ७१ रन बनाए पनि आइतबार नेपाल १० रनले पराजित भएको थियो ।

जोहनसन चार्ल्सको अविजित १ सय १९ रन बनाएपछि वेस्ट इन्डिज ‘ए’ तेस्रो खेल ७६ रनले जितेर पाँच खेलको शृंखलामा २–१ ले अगाडि रहेको छ । अघिल्लो दिनको टोलीबाट वेस्ट इन्डिज ‘ए’ ले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

प्रकाशित : वैशाख २०, २०८१ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?