कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

टाहाखेलमा प्रथम उपत्यकाव्यापी मेयर कप सुरु

ललितपुर — गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ । 

टाहाखेलमा प्रथम उपत्यकाव्यापी मेयर कप सुरु

नगरपालिका–१० टाहाखेल–झ्यालुनटारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको मैदानमा महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टिमलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हराएको थियो ।

महालक्ष्मीका सिद्धान्त अधिकारी, निशान राउत, सरोज राई र निशान बस्नेतले गोल गरे । गोदावरीका सुवास तामाङ र सायर तामाङले गोल गरे । गोदावरीको सुरुआती दुई पेनाल्टी गोलमा परिणत हुन सकेन ।

नीराजन मर्हजन र वाङ्गेल लामाले हानेको बलले जाली चुम्न सकेन ।

दुई पेनाल्टी रोकेका महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यसअघि निर्धारित ९० मिनेटसम्मको खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट भएको थियो ।

सेमिफाइनल प्रवेशका लागि वैशाख २१ गते महालक्ष्मीले दक्षिणकाली नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिणकाली सिधै बाई पाएर क्बाटरफाइनलमा पुगेको हो ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

नवनिर्मित झ्यालुन्टार खेल मैदानको पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । गोदावरी नगरपालिका बी टिमले बैशाख १९ मा ललितपुर महानगरपालिकासँग खेल्नेछ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाए । अनुशासित टिमलाई ५० हजार र उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा काठमाडौंका ८ स्थानीय तहको ८ टिम तथा ललितपुरको ५ स्थानीय तहको ६ टिम रहेको छ । भक्तपुर जिल्लाको एक टिम गरी १५ टिमको सहभागिता छ ।

प्रकाशित : वैशाख १५, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?