१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

एजेन्सी

हैदरावाद — सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

यस्तै वेस्ट इन्डिज लेजेन्ड ब्रायन लारासँग कुराकानी गरेर प्रभावित भएका अभिषेक शर्माले ६३ रन जोडे । यससँगै हैदरावादले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पाँच विकेटमा बनाएको २ सय ६३ रनको स्कोरलाई उछिनेको थियो । हैदरावादको इनिङ्समा १८ छक्का र १९ चौका सामेल थियो ।

दक्षिण अफ्रिकी जोडीमध्ये हेनरिक क्लासनले ३४ बलमा ८० र एडेन मारक्रमले ४२ रन पनि बनाए । उनीहरूले १ सय १६ रनको नटआउट साझेदारी गरे । मुम्बईले पनि बलियो जवाफ दिए पनि पाँच विकेटमा २ सय ४६ रन मात्रै बनाउन सक्यो । पूरा खेलमा दुवै टिमको गरेर ३८ छक्का प्रहार भएका थिए ।

यस्तै पूरा खेलमा दुवै टिमको स्कोर गरेर ५ सय २३ रन बनेको थियो । आईपीएलको १७ वर्षको इतिहासमा यो नै अहिलेसम्मको समग्रमा उच्च स्कोर हो । मुम्बईको भने यो लगातार दोस्रो हार हो र यसले टिमका नयाँ कप्तान हार्द्धिक पान्ड्यामाथि थप विवाद सिर्जना भएको छ । विवादबीच रोहित शर्मालाई हटाएर उनलाई नेतृत्वको अवसर दिइएको थियो ।

प्रकाशित : चैत्र १५, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?