कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एपीएफलाई चौथो मिल्स गोल्डकप

विनोद भण्डारी

विराटनगर — सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफलाई चौथो मिल्स गोल्डकप

विराट जुटमिलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै प्रतियोगिताको पहिलो संस्करण विजेता एपीएफले चौथो उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ पाउँदा पेमाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।

एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले गोल गर्दै टिमलाई उपाधि दिलाए । पेमा युवा क्लबको तर्फबाट मिलन राईको नाममा सान्त्वना गोल रह्यो ।

खेलमा सुरूवाती अग्रता भने घरेलु टिम पेमा युवाले मिलन राईको गोलमार्फत लिएको थियो । खेलको ११ औं मिनेटमा सुरज सुब्बाको क्रसमा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पेमाको अग्रता दुई मिनेट पनि टिकेन । खेलको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गर्दै टिमलाई खेलमा फर्काए । पेमाका गोलकिपर अरुणले पञ्ज गरेर डिबक्समा फर्काएको बललाई कपालीले वन टचमा गोल गरेका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा एपीएफले २ गोल थप्यो । हरि कार्कीको सटपासमा दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा धनबहादुर श्रेष्ठले गोल गरी टिमका जित निश्चित गरे । उनले दिसनको पासलाई सदुपयोग गरे ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए ।

वैशाख ७ देखि सञ्चालित प्रतियोगितामा कोशी र मधेश प्रदेशका आठ ‘ए’ डिभिजन क्लबको सहभागिता थियो ।


प्रकाशित : वैशाख १५, २०८१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?