२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले 

'हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न'

काठमाडौँ — वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले 

सक्रिय राजनीतिमा हैसियतअनुसारको भूमिका नपाएकाले राजीनामा दिएको उनको भनाइ छ । राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

तत्काल अन्य कुनै दलमा जाने योजना नरहेको सरावगीले इकान्तिपुरसँग बताए । करिब ८ महिना अघिदेखि नै आफूले एमाले छाड्न चाहेको उनले बताए । 'पार्टीले हाम्रो क्षमतालाई प्रयोग गर्न सकेन । म त वीरगन्जको मेयर पनि भइसकेको व्यक्ति हुँ । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुँ । हाम्रो कार्याअनुभवलाई पार्टीले चिन्न सकेन ।'

राजनीतिभन्दा उद्योग/व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । 'हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,' उनले भने ।

२०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

प्रकाशित : वैशाख २८, २०८१ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?