२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

उपराष्ट्रपति यादवसँग नर्वेका राजदूत ड्रामडलको शिष्टाचार भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार उपराष्ट्रपति यादवसँग राजदूत ड्रामडलले शिष्टाचार भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवसँग नर्वेका राजदूत ड्रामडलको शिष्टाचार भेट

भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताए ।

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्,' भेटमा उपराष्ट्रपति यादवले भनेको उदृत गर्दै सचिवालयले भनेको छ, 'उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन्। आपसी हितका लागि यी क्षेत्रहरुमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’

उपराष्ट्रपति यादवले विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका थिए ।

राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन् । उनले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरुलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको समेत बताइन् ।

प्रकाशित : वैशाख २७, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?