कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चीनमा दुई अधिवेशनका लागि तयारी तीव्र, मिडिया सेन्टर सञ्चालनमा  

लक्ष्मी लम्साल

पेइचिङ — विश्व ध्यानाकर्षक मानिने चीनका दुई ठूला अधिवेशनका लागि मिडिया सेन्टरमा सञ्चालनमा ल्याइएको छ। आगामी मार्च पहिलो साताबाट चीनका दुई ठूला अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) र चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) आयोजना हुँदैछन्। बेइजिङस्थित मिडिया सेन्टरमा राखिएको दुई अधिवेशनको प्रेस केन्द्र मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो।

चीनमा दुई अधिवेशनका लागि तयारी तीव्र, मिडिया सेन्टर सञ्चालनमा  

यस वर्ष कूल तीन हजारभन्दा बढी पत्रकारहरूले दुई अधिवेशनको रिपोर्टिङका लागि दर्ता गरेकाले चीनको वार्षिक राजनीतिक घटनाप्रति विश्व चासो बढेको देखिन्छ। चीनको राजधानी बेइजिङको ग्रेट हल अफ द पिपुल्समा बस्ने दुई अधिवेशनबाट चीनको वार्षिक कार्यक्रम तय हुने भएकाले पनि विश्वको ध्यान चीनतर्फ मोडिने गर्दछ। चीनले तयर गर्ने वार्षिक राजनीतिक, कूटनीतिक एवं विकास एजेण्डाले विश्वलाई प्रभावित पार्ने भएकाले हरेक वर्ष ठूलो संख्यामा विदेशी पत्रकारका आँखा बेइजिङतिर सोझिएका हुन्छन्।

एनपीसीको १४औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन र सीपीपीसीसीको १४औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन क्रमशः मार्च ५ र मार्च ४ मा पेइचिङमा सुरु हुँदैछन्। दुई अधिवेशनको प्रेस केन्द्रका अनुसार यस वर्ष सहभागिता जनाउने पत्रकारको संख्या तुलनात्मक रुपमा बढेको छ।

अघिल्ला वर्षहरूमा महामारी लगायत घरेलु र अन्तर्राष्ट्रिय परिस्थिति शिथिल हुन समय लागेकाले केही कम थियो। खुलापन र पारदर्शितालाई कायम राख्दै घरेलु तथा विदेशी पत्रकारका लागि समाचार सेवा प्रदान गरिने चीनको भनाइ छ।

प्रकाशित : फाल्गुन १५, २०८० १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?