कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

हवाई डढेलोमा ज्यान गुमाउनेको संख्या ११० पुग्यो

एजेन्सी

काठमाडौँ — अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।  बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताए । 

हवाई डढेलोमा ज्यान गुमाउनेको संख्या ११० पुग्यो

जलेको भूभागमध्ये बुधबारसम्म ३८ प्रतिशत भूभागमा खोजी गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताए । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो मानिएको छ ।

हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचनासमेत सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रतिपरिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना सुरु भएको हो । आलोचकहरूले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् ।

प्रकाशित : श्रावण ३२, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?