आजकै दिन : थ्याचरलाई भारी बहुमत

सन् १९८३ मा आजकै दिन (जुन ९) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर नेतृत्वको कन्जरभेटिभ दल भारी बहुमतले आमनिर्वाचनमा विजयी भएको थियो । चुनावी परिणामसँगै थ्याचर दोस्रो कार्यकाल प्रधानमन्त्री बनेकी थिइन् ।

आजकै दिन : थ्याचरलाई भारी बहुमत

उनी १९७९ को मे ४ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । १९७८/७९ मा मजदुरहरूले तलब वृद्धिको माग गर्दै गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानले विश्वासको मत जुटाउन नसकेपछि मे ३ मा भएको चुनावबाट थ्याचर पहिलो पटक प्रधानमन्त्री भएकी थिइन् ।

तर १९८२ मा फकल्यान्ड टापु (बेलायती उपनिवेश) माथि अर्जेन्टिनाले आक्रमण गरेपछि थ्याचरको राजनीतिक संकट सुरु भएको थियो । देशको अर्थतन्त्र निराशाजनक थियो भने बेरोजगारी दर निकै खराब थियो । बेलायतकी पहिलो महिला प्रधानमन्त्रीमाथि आफ्नै मन्त्रिपरिषद्का सदस्य तथा आममानिसहरूले गम्भीर प्रश्न उठाएका थिए ।

तर उनले देशभित्रको समस्यासँग जुध्दै अर्जेन्टिनाविरुद्ध फकल्यान्डमा युद्ध लड्ने निर्णय लिएकी थिइन् । फलस्वरूप बेलायती सेनाले ७४ दिनपछि अर्जेन्टिनालाई आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । जसका कारण उनी १९८३ मा पुनः विजयी भएकी थिइन् ।

थ्याचरले १९७९ को मे ४ देखि करिब ११ वर्ष बेलायतमा शासन गरिन् । १९२५ मा इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचरको २०१३ अप्रिल ८ मा ८७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०८० ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?