कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

चुनावी प्रचारप्रसारमा सहभागी हुन पाउने

काठमाडौँ — भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

भारतीय सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपांकर दत्ताको इजलासले मुख्यमन्त्री केजरीवाललाई केही समयका लागि रिहा गर्ने आदेश दिएको हो ।

अगस्ट २०२२ मा दर्ता भएको शराब नीति मामिलामा प्रवर्तन निर्देशनालय(ईडी)ले मुख्यमन्त्री केजरीवाललाई गत मार्च २१ मा गिरफ्तार गरेको थियो । अदालतले केजरीवालले जुन १ सम्म लोकसभा चुनावको प्रचार-प्रसार गर्न सक्ने पनि जनाएको छ । त्यस्तै मदिरा नीति मामिलामा केजरीवाल पक्राउ घटनाको छिट्टै नै सुनुवाइ सक्ने पनि अदालतले जनाएको छ ।

अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई पक्राउ गर्नुबारे पनि प्रश्न उठाएको थियो । न्यायाधीश खन्नाले सुनुवाइका क्रममा भने, 'अगस्ट २०२२ मा ईडीले मुद्दा दर्ता गर्‍यो । उनलाई मार्च २०२४ मा पक्राउ गरियो । डेढ वर्षसम्म उनी त्यहीँ थिए । गिरफ्तारी पहिले पनि हुन सक्थ्यो वा पछि पनि । फेरि २१ दिन यताउतीले केही फरक पर्न नहुने हो ।'

लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु 'राजनैतिक षड्यन्त्र' भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् । लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान १३ मेमा हुनेछ । त्यस्तै २० मेमा पाँचौँ, २५ मेमा छैटौँ र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।

प्रकाशित : वैशाख २८, २०८१ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x