कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु

काठमाडौँ — टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित : माघ २३, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?