कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्रले चिनियाँसँग गरेको सुन तस्करी सम्झौता

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् ।

पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्रले चिनियाँसँग गरेको सुन तस्करी सम्झौता

तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको छ ।पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल(रेशम), पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकजस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय थिए ।

भुटानी शरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी र सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको छ ।

सुन तस्करीमा पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार छन् । उनले सुन तस्करीकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए ।

तत्कालीन उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका र प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटोसहितको दस्ताबेज र यस्तै दस्ताबेज धितो राखेर चिनियाँ बिक्रेतासँग सुन किन्न गरेको तमसुक होइन, तमसुक गर्दाको फोटो र भिडियो पनि कान्तिपुरले प्राप्त गरेको छ ।

प्रकाशित : फाल्गुन २८, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?