सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
'आज मन्त्रिपरिषद् विस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,' प्रधानमन्त्री दाालले भने ।
यस अवसरमा प्रधानमन्त्री दाहालले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने भन्दै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरेका थिए ।
प्रकाशित : चैत्र १७, २०७९ १६:२९