दसैं भत्ता

जसपाले फिर्ता गरेन सांसदहरूको दसैं भत्ता 

कोरोना भाइरस (कोभिड-१९)को कहरले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकोले कोरोना संक्रमितको उपचार खर्च धान्न नसक्ने भन्दै सरकारले जिम्मेवारीबाट हात झिक्यो । तर, कोरोनाको कहरले अर्थतन्त्रसँगै नागरिकको जीवनमा प्रत्यक्ष असर गरिरहेका बेला सांसद र उनीहरूका निजी सचिवलाई भने दसैं भत्ता वितरण गरियो । सांसदहरूले दसैं भत्ता लिएपछि  चौतर्फी विरोध भयो र पार्टीहरूले एकमुष्ट रूपमा उक्त भत्ता फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका थिए । 

सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्री र मन्त्रीहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीहरूले दसैं भत्तावापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

वाग्मती प्रदेशमा दसैं भत्ता बापत सांसदहरुलाई ८२ लाख वितरण

वाग्मती प्रदेश संसद सचिवालयले दसैं भत्ता बापत सांसद र उनीहरुको स्वकीयहरुका लागि रकम उपलब्ध गराएको छ । 

प्रदेश १ का सांसदले लिएनन् दसैं खर्च

संघीय सांसद तथा अन्य प्रदेशका प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च बापत रकम उपलब्ध गराइएपनि प्रदेश १ का सांसदहरुले दसैं भत्ता लिएनन् ।

कर्णालीका जनप्रतिनिधिलाई दसैं खर्च बापत सवा ६ करोड भुक्तानी

कोरोना कहरले जनतालाई सताइरहेका बेला कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं (चाडपर्व) खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ ।

सुदूरपश्चिममा दसैं भत्ता बापत ३५ लाख भुक्तानी

सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् ।

दसैं भत्ता फिर्ता गर्न देउवाको निर्देशन, कोरोना संक्रमितको उपचार गर्न सरकारसँग माग 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूलाई दिएको दसैं भत्ता फिर्ता गराउन र कोरोना संक्रमितको निशुल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भत्ताबापत आएको रकम फिर्ता गर्न पनि निर्देशन दिएका छन् ।